२८ आश्विन २०८३, बुधबार

बयानमा चोलेन्द्रलाई हस्ताक्षर गराइँदै, पूरक प्रश्न सोध्नेबारे समितिमा विवाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूरक प्रश्न सोध्नेबारे दलहरुबीच विवाद भएको छ ।

जबरालाई पूरक प्रश्न सोध्नेबारे बिहान सिंहदरबारमा भइरहेको समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो ।

महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ ।

तर सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले भने प्रश्न नसोध्न अडान राखेका छन् ।

आजको बैठकमा बयानका लागि राणा बिहान ९ बजे संसद सचिवालय आइपुगेका थिए ।