२८ आश्विन २०८३, बुधबार

दुई लाखभन्दा बढी ब्लड युनिट संकलनको लक्ष्यसहित तेरापंथ परिषदले मेगा ब्लड डाेनेशन ड्राइभ गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । तेरापंथ युवक परिषदले मेगा ब्लड डाेनेशन ड्राइभको आयोजना गर्ने भएको छ ।

परिषदले काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा एकैसाथ रक्तदान क्याम्प गर्न लागेको तेरापंथ युवक परिषद काठमाडौंका अध्यक्ष श्कैलाश नौलखाले जानकारी दिए ।

परिषदले भोलि असोज १ गते (१७ सेप्टेम्बर) मा मेगा ब्लड डोनेशन ड्राइभ गर्न लागेको हो ।

परिषदले नेपाल अधिराज्यभरमा १० वटा शहरमा १८ वटा भन्दा बढी क्याम्प १२०० देखि १५०० युनिट भन्दा बढी ब्लड संकलनको लक्ष्य रहेको जनाएको छ ।

विश्वभरमा एकै दिनमा २००० भन्दा बढी क्याम्पमा २ लाखभन्दा बढी ब्लड युनिट संकलनको लक्ष्यसहित नयाँ रेकर्ड राख्ने परिषदले उद्देश्य छ ।

२०१४ मा गिनिज बुक अफ वर्ल्ड रिकर्डमा नाम लेखाउन एक दिन मा १ लाखभन्दा बढी ब्लड युनिट संकलन तेरापंथ युवक परिषद्, काठमाडौंले मेगा ब्लड डोनेशन ड्राइभ आयोजन गर्न लागेको हो ।

उपत्यकामा ७ वटा क्याम्प काठमाडौं ललितपुर र किर्तिपुर मा लाग्ने छ र १८ देखि २० वटा क्याम्प ९ वटा विभिन्न शहरहरुमा लाग्ने परिषदले जनाएको छ ।

काठमाडौं, ललितपुर, किर्तिपुर, विरगञ्ज, विराटनगर, धुलाबारी, भैरहवा, धरान र राजबिराजमा एकैपटक रक्तदान हुनेछ ।

पछिल्लो समय कोरोना महामारी र डेंगु प्रकोपका कारण रगतको चरम अभाव भइरहेको र त्यसको निराकरणका लागि ब्लड डाेनेशन क्याम्प राख्न लागिएको परिषदले जनाएको छ ।