२८ आश्विन २०८३, बुधबार

टीकापुर हत्याकाण्डको मुद्दा फिर्ता गर्दै सरकार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजी गरे तयारी अघि बढाएको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढाइएको हो ।

त्यस घटनाका विवादित मुद्दा फिर्ता लिने सरकारले तयारी गरेको हो ।

मुद्दा खारेजीका लागि सरकारले गृहमन्त्रालयलाई निर्देशनसमेत दिइसकेको बताइएको छ ।

यसका साथै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र स्वतन्त्र समूहको मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।