३ कार्तिक २०८३, मंगलबार

म्याग्दे गाँउपालिकाले निस्सा वितरण गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दे (तनहुँ), ३० भदौ । म्याग्दे गाँउपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण गर्ने भएको छ ।

लगत सङ्कलन कार्यविधिको अनुसूचि ३ र ४ बमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ बमोजिमको निस्सा भरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गर्न लागिएको गाँउपालिका काकार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

निस्सा वितरण कार्यक्रम असोज १ गते ७ नं वडा कार्यालयमा, असोज ५ गते ३ र १ को वडा कार्यलयमा, असोज ९ गते वडा नं ४ र ६ मा असोज १० गते ५ नं वडा कार्यलयमा र असोज ११ गते २ नं कार्यालयमा वितरण गर्ने पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।