३ कार्तिक २०८३, मंगलबार

१३ वर्षीय सजन पाँच दिनदेखि बेपत्ता, परिवारले गर्‍यो यस्तो अपिल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । १३ वर्षीय सजन महर्जन बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि फेला परेका छैनन् ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित कैलाश चौरमार्गबाट गत आइतबार बिहानदेखि हराएका ती बालक अहिलेसम्म पनि फेला परेका छैनन् । उक्त दिन बिहान करिब ७ बजेको समयमा उनी कसैलाई केही थाहान दिइ कोठाबाट निस्किएका थिए । त्यसपछि सजनको कुनै अत्तोपत्तो नभएको परिवारले बताएको छ ।

उनकी आमा कोपिला महर्जनले आफ्नो एकमात्र छोरा हराएको हुँदा खोजतलास गरी पाउँ भनी प्रहरी वृत्त दरवारमार्ग र सोह्रखुट्टेमा भदौ २७ गते सोमबार निवेदन दिएको बताइन् ।

काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत सजन आइतबारदेखि विद्यालयमा अनुपस्थित रहेका छन् । निज सजनलाई कोही कसैले देख्नु वा भेट्टाउनु भएमा नजिकको प्रहरी, आमसञ्चार वा परिवारलाई खबर गरिदिनुहुन उनकी आमा कोपीला (९८२३६०८९२४) ले अपिल गरेकी छिन् ।