३ कार्तिक २०८३, मंगलबार

असोज १ गते ‘मेगा ब्लड डोनेशन ड्राइभ’ आयोजना गर्दै तेरापंथ युवक परिषद्, यस्तो छ उद्देश्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । तेरापंथ युवक परिषद्, काठमाडौंले मेगा ब्लड डोनेशन ड्राइभ आयोजना गर्न लागेको छ ।

असोज १ गते शनिबारको दिन आयोजना हुने कार्यक्रममा १२ सय देखि १५ सय युनिट ब्लड संकलनको लक्ष्य रहेको परिषदले जनाएको छ ।

यसका लागि ७ वटा क्याम्प काठमाडौं, ललितपुर र कीर्तिपुरमा लाग्ने छ भने १८ देखि २० वटा क्याम्प ९ वटा विभिन्न शहरहरुमा लाग्ने छ ।काठमाडौं, ललितपुर, कीर्तिपुर, वीरगञ्ज, विराटनगर, धुलाबारी, भैरहवा, धरान र राजबिराजमा क्याम्प सञ्चालन गरिने संस्थाले जनाएको छ ।

अहिले विगतको समयमा कोभिड १९ र डेंगु रोगले गर्दा हाम्रो ब्लड बैंकमा ब्लडको कमी भएको हुनाले यो ब्लड डोनेशन कार्यक्रमले ब्लड आपूर्तिमा सहयोग पुर्याउने संस्थाको विश्वास छ ।

ब्लड डोनर सोसाइटी नेपाल, नेपाल रेडक्रस सोसाइटी, पशुपति सेवा संघ, मारवाडी युवा मञ्च, लायन्स क्लब जस्ता विभिन्न संस्थाबाट तथा सांसद नवरतम बैदलगायत संस्था र व्यक्तिले कार्यक्रम आयोजना गर्न सहयोग गरेका छन् ।

ब्लड डोनेशन गर्ने स्थानहरुमा १) भगवान महावीर जैन निकेतन, कमलपोखरी, २) पशुपतिनाथ मन्दिर परिसर ३) भूगोल पार्क, न्यूरोड, ४) श्वयम्भूनाथ, भगवान पाउ, ५) पाटन दरबार स्कवायर, ६) कीर्तिपुर, नागाउँ दोवाटो, ७) इम्पेरियल बिजनेस कलेज, हात्तीसार रहेका छन् ।

सन् २०१४ मा एक दिनमा १ लाख भन्दा बढी ब्लड युनिट संकलन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरिएकोमा यसपटक विश्व भरीमा एकै दिनमा दुई हजारभन्दा बढी क्याम्पमा दुई लाख भन्दा बढी ब्लड युनिट संकलन को लक्ष्य रहेको तेरापंथ युवक परिषद काठमाडौंका अध्यक्ष कैलाश नौलखाले बताए ।