३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आईएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई ३३.३३ प्रतिशत क्यासब्याक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । ग्लोबल आईएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहकलक्षित ‘एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डी अफर’अन्तर्गत ग्राहकले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

‘यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनुहुनेछ,’ बैंकद्वारा जारी प्रेस विज्ञिप्तमा उल्लेख छ ।

यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तीमा तीन वटा पस (पीओएस) कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तीमा ६ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने बताइएको छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले बताएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।