२८ आश्विन २०८३, बुधबार

कहाँ छन् सन्दीप लामिछाने, कहिले आउँछन् ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ३० भदौ । नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउन अझै केही दिन लाग्ने बताइएको छ । हाल उनी सिंगापुरमा रहेको बताइन्छ ।

नेपालमा भने उनी कहाँ गए भनेर बहस सुरु भइसकेको छ भने नेपाली समाज पनि दुई कित्तामा विभाजित भइसकेको छ । एउटा पक्षले उनलाई दोषी करार गरिसकेको छ भने अर्को पक्ष पीडितमाथि नै खनिइरहेको छ ।

वेस्टइन्डिजमा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नाबालिगले गौशाला प्रहरी वृत्तमा आफूमाथि लामिछानेबाट करणी भएको भनेर उजुरी दिएकी थिइन् । घटना भदौ ५ गते भएको उजुरीमा उल्लेख । सन्दीप आफैंले आफू निर्दोष रहेको र नेपाल आउन लागेको बताएका थिए ।

त्यो समयदेखि उनी सम्पर्कमा छैनन् । प्रहरीले भने सन्दीपले आफैं कानूनलाई सघाउन आउने भनेको र सहयोग गर्ने अपेक्षाका कारण इन्टरपोललाई पनि नभनिएको बताएको छ ।