
काठमाडौं, ३० भदौ । बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयकहरु पारित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राख्नुभएको छ भने डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गएपनि भेट नदिएको भन्दै गुनासो गर्नुभयो ।













प्रतिक्रिया