३ कार्तिक २०८३, मंगलबार

निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ : प्रचण्ड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले देशलाई आत्मनिर्भरताको बाटोमा लैजान उद्योग व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गर्थ्यौँ तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन ।’

अध्यक्ष दाहालले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । संरचनामा देखिएका विकृति र विसङ्गतिलाई सुधार गर्नका लागि आफू लागिपर्ने उनको भनाइ थियो । रासस