३ कार्तिक २०८३, मंगलबार

आइतबारदेखि सबै वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । यो वर्ष आफ्नो नजिकको वाणिज्य बैंकहरूबाटै नयाँ नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले दशैँका लागि सबै वाणिज्य बैंकहरूलाई नयाँ नोट उपलब्ध गराएसँगै आगामी आइतबार अर्थात् असोज २ गतेदेखि नयाँ नोट साट्न पाइने भएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार असोज २ गतेदेखि वाणिज्य बैंकहरूले काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्ने छ ।

साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट सटहीका लागि काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा पाँच वटा शाखा कार्यालयहरु तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ ।

सूचनामा नयाँ तथा सुकिलो नोट सटही गर्न समयावधि र संख्यासमेत उल्लेख गर्नुुपर्नेछ । सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउनुुपर्नेछ ।

हेर्नुहोस् राष्ट्र बैंकले बुधबार जारी गरेको यससम्बन्धी निर्देशनसहितको सूचना–