३ कार्तिक २०८३, मंगलबार

नागरिकता विधेयकविरुद्ध मैनालीको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नागरिकता अध्ययन कार्यदल–२०७९ ले नागरिकता विधेयकविरुद्ध आन्दोलनका लागि संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनको घोषणा गरेको छ ।

आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ वामपन्थी नेता तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको जानकारी दिइएको हो । गठित संघर्ष समितिको ‘राष्ट्रघाती नागरिकता विधेयक–२०७९ विरोधी संयुक्त संघर्ष समिति नेपाल’ नामाकरण गरिएको छ ।

संघर्ष समितिका आन्दोलनका कार्यक्रमअन्तर्गत भदौ ३१ गते २ बजे माईतीघर मण्डलामा राष्ट्रद्रोहीको घोषणा, राष्ट्रघाती नागरिकता विधेयकको दहन तथा विरोध प्रदर्शनका कार्यक्रम रहेका छन् भने भोलिदेखि नै नागरिकता विधेयक–२०७९ जलाउने, सशक्त विरोध प्रदर्शन गर्ने कार्यक्रमहरु रहेका छन् ।