
भक्तपुर, ३० भदौ । २५ वर्षीया एक महिलालाई बलात्कार गरी फरार रहेका एक जना पुरुष काठमाडौंको काँडाघारीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठ छन् उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
२५ वर्षीया ती महिलालाई गत आइतबार उनकै डेरामा गई जबरजस्ती करणी गरेर फरार रहेका ललितलाई प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया