
काठमाडौं, ३० भदौ । काभ्रेको बेथानचोक गाउँपालिकामा खसेको पहिरोमा घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका वडा नम्बर-४ चलालमा गएराति परेको वर्षाका कारण आएको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
आज बिहान साढे ३ बजे बेथानचोक गाउँपालिका वडा नम्बर-४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको प्रहरीको भनाइ छ ।
पहिरोले घर पुर्दा घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।
निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया