२८ आश्विन २०८३, बुधबार

काठमाडौं महानगरपालिकामा असोज १ देखि सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न निषेध

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ ।

सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध छ ।

सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ ।