
काठमाडौं, २९ भदौ । जुत्ता पसलमा आगलागी
भरतपुर महानगरपालिका-३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ ।
कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ ।
आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो ।
क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । –रासस













प्रतिक्रिया