
काठमाडौं, २८ भदौ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा देखिएका छन् ।
सत्तारुढ गठबन्धनमा सिटको बाँडफाँट टुंग्याउन मारामार चलिरहेका बेला प्रचण्डले आफू एक्लो जस्तो भएको निराशा व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका सांसद सुदन किराँतीद्वारा लिखित ‘पलपलको मृत्यु’ पुस्तकको मंगलबार विमोचन गर्दै प्रचण्डले लाखौं, करोडौं जनताको बीचमा पनि एक्लोजस्तो लाग्ने गरेको बताएका छन् ।
प्रचण्डले कार्यक्रममा भने, ‘जनयुद्धका ती दिनमा हामी सम्पूर्ण रुपमा समर्पित थियौं । हिजो एक्लै हिँड्दा लाखौं, करोडौंको बीचमा भएजस्तो लाग्थ्यो, अहिले लाखौं करोडौंको बीचमा छौं तर एक्लो जस्तो लाग्छ ।’
प्रचण्ड यतिबेला जनताका एजेन्डा छाडेर सत्ता स्वार्थमा लिप्त भएका छन् । कालोसूचीमा परेका ठेकेदारको घरमा बस्ने, सत्ताको स्वाद लिइराख्न कहिले एमाले त कहिले कांग्रेससँग मिल्ने गरेका कारण जनस्तरमा आलोचित हुने गरेका छन् । जसले गर्दा चुनावको मुखमा उनमा तनाव देखिएको छ ।













प्रतिक्रिया