२८ आश्विन २०८३, बुधबार

प्रतिक्षा पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक (भिडियो)

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाकी नवआगन्तुक गायिका प्रतिक्षा पोखरेलको आवाजमा नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ ।

एजे अजुको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको शब्द तथा संगीत एजे अजुकै हो भने म्युजिक एरेन्ज मनोज खड्काले गरेका छन् ।

गीतलाई गायिकाकी आमा निर्मला पोखरेलले मुन्धुम स्टुडियो तथा रिमा रेकर्डिंगमार्फत प्रस्तुत गरेकी हुन् । भिडियो सम्पादन किरण राईले गरेका हुन् । भिडियोमा गायिका प्रतिक्षा, राधा बस्नेत, सुरेश राईलगायतको अभिनय रहेको छ ।

प्रतिक्षाको पहिलो रेकर्डिंग गीत हो । झापाका चर्चित गायक गायिका दम्पती ध्रुव पाठक एवम तुलसा पाठकसँग संगीत अध्ययनरत गायिका प्रतिक्षाको पहिलो प्रयासले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

गायनमा भविष्य बनाएर गीत संगीत क्षेत्रमा योगदान गर्ने उनको लक्ष्यका निम्ति ‘तिम्रो लागि’ काशेढुंगा सावित हुनसक्छ ।

भिडियोः