
काठमाडौं, २८ भदौ । धरान उपमहानगरपालिकामा श्रमदानमार्फत खानेपानी ल्याइएपछि खुशीयाली छाएको छ ।
खानेपानीको चरम अभाव भोगेको उपमहानगरमा मेयर हर्क साम्पाङको अग्रसरतामा भएको तीन महिनाको श्रमदानले खानेपानी आउन सफल भएको हो ।
मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् ।
श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिँदै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।













प्रतिक्रिया