
काठमाडौं, २८ भदौ । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत एससिटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।
साथै एससिटी-यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।
मात्र रू. १,५०० बराबर को पोस कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।
अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुने कम्पनीले जनाएको छ ।













प्रतिक्रिया