
काठमाडौं, २७ भदौ । डा. गोविन्द केसीले सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै पुनः २० औं अनसन सुरु गरेका छन् ।
उनले आज प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढी पुरगे ७ बुँदे माग राख्दै २० औं आमरण अनसन सुरु गरेका हुन् ।
धनगढीको एलएनचोस्थित कृष्ण मन्दिरको धर्मशालामा आज बेलुकी ५ बजेबाट उनी अनसन बसेका हुन् । डा. केसीले यसअघि आफ्ना माग पूरा नभए अनसन बस्ने अल्टिमेटम दिएका थिए ।













प्रतिक्रिया