२८ आश्विन २०८३, बुधबार

गठबन्धनको पाँच घण्टाको छलफल निष्कर्षविहीन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । सत्तारुढ गठबन्धनबीचको आजको छलफल पनि निष्कर्षविहीन बनेको छ ।

सिट बाँडफाँडमा कुरा नमिलेपछि कुनै पनि सहमति नभएको हो । आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टाभन्दा बढी समय बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँड टुंग्याउन नसकेको हो ।

आगामी निर्वाचनका लागि तालमेल गर्न सहमति भएपनि भागवण्डा अझैसम्म मिल्न सकेको छैन ।

सोमबार पनि ५ घण्टा बसेको बैठकले सिट बाँडफाँडमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार एउटै सिटमा दोहोरो/तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।