
काठमाडौं, २७ भदौ । नेपाल भ्रमणमा आइपुगेका चिनियाँ जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु र संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच संघीय संसद भवन नयाँबानेश्वरको तिलिचो हलमा शिष्टाचार भेटवार्ता भएको हो ।
चान्सु आज साढे ३ बजे काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र समकक्षी लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । त्यस्तै साँझ सोल्टी होटलमा रात्रीभोजको आयोजना गरिएको छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।
लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने छन् । भ्रमण सकेर उनी ३० गते स्वदेश फर्कने छन् ।













प्रतिक्रिया