शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डेंगीबाट बच्न स्वास्थ्य मन्त्रालयले दियो कर्मचारीलाई यस्तो टिप्स

दैनिक नेपाल २०७९ भदौ २७ गते १३:४७

काठमाण्डौं, २७ भदौ । देशको विभिन्न जिल्लाहरुमा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण बढेसंगै सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीबाट बच्न कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो । मन्त्रालयले सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार डेंगी रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगी रोग लाग्ने हुनाले, डेंगी संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले भनेको छ ।

नेपालमा हाल देखापरिरहेको डेंगी रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

Avatar

प्रतिक्रिया
सम्बन्धित