
काठमाडौं, २७ भदौ । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले गठबन्धन सरकारविरुद्ध अनसन थाल्ने भएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको गठबन्धन सरकारले जनस्वास्थ्यमा ध्यान नदिएको भन्दै केसी अनसन बस्न लागेका हुन् ।
आमरण अनसन बस्नका लागि उनी प्रधानमन्त्री देउवाको गृहप्रदेशस्थित कैलालीको धनगढीतिर लागेका छन् ।
धनगढी प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले चुनाव लडेको क्षेत्र पनि हो ।
डा. केसीले ६ बुँदे माग राख्दै देउवा सरकारलाई अल्टिमेटम दिएका थिए ।
सरकारले माग पूरा नगरेको भन्दै उनले २०औं अनशन शुरू गर्ने तयारी गरेका छन् ।
सोमबार साँझ ५ बजेदेखि केसी धनगढीमा अनसन बस्दैछन् ।













प्रतिक्रिया