
काठमाडौं, २७ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।
महारानी एलिजावेथको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदैछ । उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।
बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् ।













प्रतिक्रिया