
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हुँदै आफ्ना दलबाट उम्मेदवार हुने नेतालाई विजयी बनाउने रणनीति बनाउन थालेका छन् ।
४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता यतिबेला जिल्ला पुग्न थालेका हुन् ।
विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हँुदै रिझाउने काममा लागेका छन् । पार्टीका शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुने, विभिन्न पार्टीका असन्तुष्ट नेतालाई पार्टीमा भित्र्याउने र विपक्षी दलका नेताहरूको आलोचना गर्नमा व्यस्त भएको देखिन्छ । आजको राजधानी दैनिकमा खबर छ ।















प्रतिक्रिया