२८ आश्विन २०८३, बुधबार

राजेन्द्र लिङ्देनले दिए हिंसा निम्त्याउने अभिव्यक्ति

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक हिंसात्मक अभिव्यक्ति दिएका छन् ।

आइतबार विश्व ओमकार एकता महाअभियानले काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका जस्ता आक्रामक नभएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘नेपालका हिन्दु के हिन्दु ? हिन्दु त भारतमा छन्, जसले हिन्दुत्वमा चोट लाग्ने कुरा मात्रै कसैले गर्‍यो भने त्यहाँ मर्न मार्न तयार हुन्छन्,’ लिङ्देनले भने, ‘०६२/०६३ को राजनीतिक परिवर्तनको आडमा नेपाललाई अकारण धर्मनिरपेक्ष घोषणा गरिएको छ । तर पनि यहाँ कोही कसैले पनि कुनै प्रश्न नगरी ढ्यापढ्याप ताली बजाए ।’ उनले आम नागरिकललाई नै हिंसात्मक बनाउने अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।

‘मलाई जेसुकै आरोप लगाए पनि देश र धर्म जोगाउने अभियानबाट पछि हट्ने छैन,’ उनले भने, ‘सके आफ्नै जीवनकालमा हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने अभियानमा आफू हिँडेको छु । नसके पनि यसै अभियानका लागि सकिन्जेल काम गर्नेछु ।’