
काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् ।
उनीहरुले आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरिएको जानकारी दिएका हुन् ।
‘चाहना यति छ कि साथ तिम्रो होस र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले भनेका छन् ।
उनीहरुबीच नेपालमा लकडाउन सुरु भएदेखि प्रेम सम्बन्ध सुरु भएको हो । भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना प्रतियोगितापछि चर्चामा आएकी थिइन् भने गायक कमल लामो समयदेखि नेपाली म्युजिक इन्डष्ट्रीमा कार्यरत छन् ।













प्रतिक्रिया