
काठमाडौं , २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरे ।
उनी पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए ।

सल्यान जिल्लाको शारदा नगपालिका वडा नं. ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए ।
नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिन्छन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया