२८ आश्विन २०८३, बुधबार

गठबन्धनमा अझै भएन सहमति, भोलि फेरि बैठक बस्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं , २५ भदौ । सिट बाँडफाँडका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको तर अन्तिम टुंगोमा पुर्‍याउन बाँकी रहेकोे बताए ।

आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । आज यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’

बैठक पुनः भोलि बिहान ८ बजे बस्ने कार्कीले बताए ।