२८ आश्विन २०८३, बुधबार

युएन समिटबाट फर्किए आईजीपी सिंह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , २५ भदौ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी भई सिंह शनिबार स्वदेश फर्किएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा कुराकानी गर्दै आईजीपी सिंहले समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र एफोरपी र एफवरपी प्लसको कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे ।

साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गरे ।

साथै समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उनले उल्लेख गरे ।