बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

पार्टी सदस्यले दुई नयाँ मतदाता बढाउनुस्, एमालेले सहजै बहुमत ल्याउँछ: ईश्वर पोखरेल

दैनिक नेपाल २०७९ भदौ २५ गते १६:५१

काठमाडौं, २५ भदौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले सहजै बहुमत ल्याउने बताएका छन् ।

एमालेले जित्नको लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनुपर्ने उनको भनाइ छ ।

आज काठमाडौंमा आयोजित मोरङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।

उनले निरन्तर जनतामाझ रहिरहन र पार्टीका कार्यहरुको बारेमा जनतासमक्ष पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।

मंसिर ४ को निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पोखरेलको विश्लेषण छ ।

उनले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे ।

उनले थपे, ‘यो निकै प्रभावकारी काम हो । थप राम्रो काम गर्दै जानुहोला । तर, यस्ता काम गर्दा जिल्ला पार्टी नेतृत्वसँग समन्वय गर्नुहोस् । काठमाडौंमा जहाँसुकै जे सुकै गरेपनि जिल्ला कमिटीसँग निरन्तर सम्पर्कमा रहनुहोला । नत्र भने परिणाम राम्रो नहुन सक्छ । हामी एकीकृत र केन्द्रीकृत नेतृत्व होस भन्ने चाहन्छौं । जिल्ला नेतृत्वले पनि मञ्चका साथीहरुलाई भिन्न र भाग खोस्न आएको जस्तो ठान्नुभएन ।’

प्रतिक्रिया
सम्बन्धित