३ कार्तिक २०८३, मंगलबार

महारानी एलिजाबेथको निधनमा भारतमा एक दिने राष्ट्रिय शोकको घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा भारतले एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

भारतको गृह मन्त्रालयले दिएको जानकारी अनुसार आईतबार सेप्टेम्बर ११ मा भारतमा राष्ट्रिय शोक मनाइनेछ । उक्त दिन महारानी एलिजाबेथको सम्मानमा भारतमा राष्ट्रिय झण्डा आधा झुकाइने बताईएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गरेका छन् ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएराति बाल्मोरलमा निधन भएको थियो ।