२८ आश्विन २०८३, बुधबार

गठबन्धन सरकारले राष्ट्रिय स्वाभिमानमा घात गर्‍यो, चुच्चे नक्सा गायब पार्‍यो: ईश्वर पोखरेल

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले नेपालको चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको बताएका हुन् ।

त्यस्तै, नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको उनले बताए ।

गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउने अठोट व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य नारायण सिलवाल, सीता अधिकारी दाहाल, वडा अध्यक्ष दिनेश महर्जन लगायतले सम्बोधन गरेका थिए।

चुनदेवी समाजका अध्यक्ष सुमन केसीले चुनदेवीको विकासमा सहयोग गरेकोमा प्रतिनिधिसभा सदस्य पोखरेललाई धन्यवाद दिए ।