
काठमाडौं, २४ भदौ । बलात्कार आरोपमा आफूविरुद्ध मुद्दा दायर भएपछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने भएका छन् ।
उनले सीपीएल छोडेर नेपाल फर्किन लागेको सामाजिक सन्जालमार्फत बताएका छन् । उनले आफू निर्दोष रहेको दावी गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत आफू आधारहीन आरोपको सामना गर्न तयार रहेको बताएका छन् ।
क्यानले सन्दीपलाई बिहीबार एक विज्ञप्ति जारी गर्दै निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौं जिल्ला अदालतले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
एक १७ वर्षीया किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाउँदै गौशाला प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् ।














प्रतिक्रिया