
काठमाडौं, २३ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।
बेलायतमा ७० वर्षसम्म शासन गरेकी उनको आज निधन भएको बकिङ्घम प्यालेसले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बाल्मोरलमा चिकित्सकीय निगरानीमा रहेकी एलिजाबेथको ९६ बर्षको उमेरमा केहीबेर अघि निधन भएको बकिङ्गम दरबारले जनाएको हो।
बेलायती इतिहासमा सबैभन्दा लामो शासन गरेकी महारानी एलिजाबेथ द्वितीयलाई युरोपेली राजपरिवारको अद्वितीय युगमा जन्मेका अन्तिम राजाहरूमध्ये एकको रूपमा विश्वभर शोक मनाइनेछ । एलिजाबेथको मृत्यु उनको सिंहासनमा प्रवेश गरेको ७० औं वर्षगाँठको सात महिनापछि भएको हो । “रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भयो,” बकिंघम दरवारले बिहीबार दिउँसो एक विज्ञप्तिमा जनाएको छ ।
बिज्ञप्ति अनुसार भोलि लन्डन ल्याइने जनाइएको छ । आमाको निधन लगत्तै राजकुमार चार्ल्स बेलायतको राजा घोषित भएका छन् । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।













प्रतिक्रिया