२८ आश्विन २०८३, बुधबार

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

नाबालिकालाइ भदौ ५ गते भेट्न बोलाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । पीडित किशोरीले आफूलाई होटलमा लगेर करणी गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा लामिछाने उपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्नको लागि वेस्ट इन्डिज पुगेका छन् ।