
काठमाडौं, २३ भदौ । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात बैंकद्वारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गरिनेछ ।
यसअघि, माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत रू.७ लाखसम्म, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय व्यववसाय विकास कर्जाअन्तर्गत लगानी भएका रू.१० लाखसम्म र महिला उद्यमशीलता कर्जाअन्तर्गत लगानी भएका रू. १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया