
योगिकुटी (बुटवल), २३ भदौ । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्रर्याक्ट क्लब लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रोटरियन मुक्तिराम पन्थी र रोट्रर्याक्ट क्लब लुम्बिनी स्टार्सका अध्यक्ष रोट्रर्याक्टर योगेन्द्र कँडेलको अध्यक्षतामा बिहीबार बुटवलको योगिकुटीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ट्राफिक प्रहरीका वरिष्ठ उपरिक्षक खिमानन्द खनाल, एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकाल, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका उपाध्यक्ष रोटरियन बाबुराम बोहोरा, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रोटरियन यादव भण्डारी, रोट्रर्याक्ट क्लब लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रोटियन बिमल ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
‘एम्स कलेज अफ म्यानेजमेन्ट’ बुटवलको सहकार्य र ट्राफिक प्रहरी कार्यालय बुटवलको समन्वयनमा सम्पन्न कार्यक्रमको शुभारम्भ रोटरी डिष्ट्रिकका प्रोजेक्ट चेयर रोटरियन एजाज आलमले ट्राफिक सचेतनाको फ्लायर ट्राफिक प्रहरीलाई र संवयमसेवकहरूलाई हस्तान्तरण गरेर गरेका थिए ।
कार्यक्रको सञ्चालन रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव रोटरियन निरज पाण्डे र स्वागत मन्तव्य कार्यक्रमका संयोजक रोट्रर्याक्टर किरण ढकालले व्यक्त गरेका थिए ।
हेर्नुहोस् कार्यक्रमका केही तस्वीरहरू–


















प्रतिक्रिया