
काठमाडौं, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी माओवादी र आफूमाथिको प्रहार जनयुद्धताकादेखि नै हुँदै आएको बताएका छन् ।
आज बिहीबार सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन् । प्रतिक्रियावादीहरूसँग सधैं निडर भएर लडेकै कारण आफू र माओवादीमाथि निरन्तर प्रहार भइरहेको उनको भनाइ छ ।
‘जनयुद्धपछिको सम्झौता तत्कालिक हो बाँकी एजेण्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु,’ उनले भने, ‘मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय रहँदै आएका छन्, त्यो मलाई राम्रोसँग थाहा छ ।’















प्रतिक्रिया