
काठमाडौं, २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ८ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ४०१ जनाको नमूना परीक्षणबाट २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१८ जनाको आरटी–पीसीआर गर्दा १३७ जना र २ हजार ८८३ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९८ हजार ४३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८३ हजार ९४९ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७३ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५९ लाख ३ हजार ६४१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २ हजार ४७३ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया