
काठमाडौं, २३ भदौ । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा गएराति ‘ग्याङ फाइट’ भएको छ ।
उक्त फाइटमा परी एक जना अस्पताल भर्ना हुनेगरी घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएको बताइएको छ । घटनामा संलग्न १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त दरबारमार्गमा अनुसन्धान भइरहेको बताइएको छ ।
घाइतेका उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको भए पनि घाइते तथा पक्राउ परेकाहरूको विवरण हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।















प्रतिक्रिया