३ कार्तिक २०८३, मंगलबार

प्रभु क्यापिटलले ल्यायो विशेष छूट अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको छ ।

भदौ १९ गते आइतबार भएको उक्त छुट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन् ।

एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छुट पाउने प्रभु क्यापिटलले जनाएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौताको मितिदेखि तीन महिनासम्म लिन सक्नेछन् ।