२८ आश्विन २०८३, बुधबार

हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भाद्र । हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना भएका छन ।  नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज  केहि दिन अघि पक्राउ परि हिरासतमा थिए । बुधबार उनि  सिंह वीर अस्पताल भर्ना भएका हुन ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन ।

बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।