२८ आश्विन २०८३, बुधबार

महानगरपालिकाले बुझायो सर्वोच्च अदालतलाई लिखित जवाफ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् ।

उनले आफ्ना कानुनी अधिकारीमार्फत् मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । अधिवक्ता दीपकराज जोसीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो ।

मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसायबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख छ ।