बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकामा दुई विमान आकाशमा झण्डै ठोकिएपछि. . . (भिडियो)

दैनिक नेपाल २०७९ भदौ २२ गते १०:५९

एजेन्सी, २२ भाद्र ।  अमेरिकाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा दुईवटा विमान झण्डै ठोकिएको दृश्य भिडियोमा कैद भएको छ ।

बोइङ ७५७ यात्रुवाहक विमान सेस्ना विमानसँग आकाशमै लगभग ठोकिएको हो ।

सानो विमानका चालकले तत्काल दिमाग लगाएर विमानलाई घुमाएर दुर्घटनाबाट जोगाए । यसरी उनी सयौं मानिसको ज्यान जोगाउन सफल भए ।

यात्रुले भरिएको बोइङ ७५७ विमान फ्लोरिडा विमानस्थलबाट अगस्ट १७ मा उडेर सेस्ना विमानको एकदमै नजिक पुगेको थियो ।

सेस्नाका पाइलट मलिक क्लार्कले आफ्नो विमानसँग ठूलो जेट विमान ठोकिन आएको देखिहाले र फनक्क अर्को दिशामा घुमाए ।

सेस्नाभित्रबाट खिचिएको भिडियोमा मलिकले जेट विमानभन्दा माथि आफ्नो विमान धैर्यका साथ उडाएको अनि आकाशमा ठोकिनबाट जोगाएको देखिन्छ ।

मलिकको दिमाग तत्काल चलेकाले दुई विमान जमीनबाट ५०० फीटमाथि अलिकतिले ठोकिनबाट जोगिएको थियो ।

दुवै विमानका चालकले एकअर्कालाई देखेको र घटनापछि एयर ट्राफिक कन्ट्रोलरसँग कुरा गरेको पाइएको छ ।

उड्डयन विभागले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित