
काठमाडौं, २२ भाद्र । बलात्कार मुद्दा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्कनेबित्तिकै पक्राउ पर्ने भएका छन् ।
प्रहरी स्रोतका अनुसार उनीमाथि परेको किटानी जाहेरीका विषयमा अनुन्धान गर्न लामिछाने पक्राउ पर्ने भएका हुन् ।
उनी अहिले क्रिकेट खेल्न विदेशमा छन् । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । नाबालिगको उजुरी परेको र यदि प्रमाणीत भए सन्दीप जेल जानुपर्ने हुनसक्छ ।
२५ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् ।













प्रतिक्रिया