
काठमाडौं, २१ भदौ । कमल थापाले ‘गाई’ निर्वाचन चिन्ह नपाउने भएका छन । अध्यक्ष कमल थापाले गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको हो ।
सर्वोच्च अदालतले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।
राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध राप्रपा नेपाल सर्वोच्च अदालत गएको थियो ।













प्रतिक्रिया