३ कार्तिक २०८३, मंगलबार

काठमाडौं–९ मा नेपाली कांग्रेसको प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

मंगलबार जनताको साथमा कांग्रेस अभियानअन्तर्गत प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको बताइएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले कांग्रेसलाई जिताउन टोलदेखि केन्द्रसम्म सबै एक ढिक्का भएर लैजानुपर्ने बताएका छन् । यसका निम्ति कांग्रेसले गरेका हरेक कार्यलाई जनतासँग अन्तरक्रियात्मक कार्यक्रम गरी आगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

युवादेखि बृद्धसम्ममा राजनीतिक चेतनाल्याई सक्रियतापूर्वक चुनावमा होमिन सबै कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले पार्टीले टिकट दिएका उमेद्वारलाई स्वतःस्फुर्त रुपमा सहयोग गर्न पनि सुझाव दिए ।